इन्फो नेपाल — सञ्चारको सञ्जाल

टिप्पणी: इलाममा घन्टी नबझ्नुको ५ कारण

काठमाडौं | इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जुन अपेक्षा थियो, त्यसअनुरूप चल्न सकेन। मतदाताको आशा रास्वपा फरक हुन्छ भन्ने थियो, तर यो पुरानैजस्तो भएपछि मत अरूतिर नै गए। त्यसैले घन्टी खासै बज्ने सकेन । स्वाभाविक रूपमा यसले इलामको उपनिर्वाचनमा निराशाजनक प्रदर्शन मात्रै गर्यो। कारण यस्ता हुन् सक्छन; १. मन्त्री बन्ने मरिहत्ते: रास्वपा नेताहरूलाई मतदाताहरूले "नयाँ दलको बहानामा पुरानै अभ्यासमा फर्केका" रूपमा देखे। चुनावअघि प्रतिपक्षीय भूमिकामा रहने बताएका रास्वपाले चुनाव जितेपछि गठबन्धन सरकारमा सहभागी हुने निर्णय गर्यो। यसले मतदातामा निराशा पैदा गर्यो। रवि लामिछाने मन्त्री बन्ने लोभमा फसे। यसैले मतदाताले उनीहरूलाई पुरानै दलका नेताजस्तै स्वार्थी ठानेका हुन्। २. नवप्रवेशी र असङ्गत उम्मेदवार: रास्वपाले इलाम-२ मा मिलन लिम्बू नामक एक पहिचानवादी कार्यकर्तालाई नै उम्मेदवार बनाइदियो। जसले मतदातालाई भ्रममा पार्यो किनभने रास्वपा पहिचानविरोधी दलको छवि बनाउन खोजेको थियो। मिलन आफैँ केही दिन अगाडिसम्म रास्वपाको विरोधमा थिए। यसरी दल र उम्मेदवारबीच विचारधारागत असङ्गतिले मतदातामा विभ्रम सिर्जना भयो। ३. सहकारी काण्ड: रास्वपा सभापति रवि लामिछाने सहभागी रहेको गोर्खा मिडिया प्रालि र ग्यालेक्सी टेलिभिजनबाट भएको सहकारी लुटपाट काण्डले उनको नैतिक पतन देखाइदियो। लामिछानेले आफू निर्दोष भएको दावी गरेपनि उनले जीबी राईलाई अझै पक्राउन नसकेको विषयले मतदातालाई झन् आश्चर्यचकित बनायो। लामिछाने र राईबीचको निकट सम्बन्ध मतदातालाई थाहा थियो। ४. असहिष्णु कार्यकर्ता: रास्वपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा विपक्षी मतदाता तथा आलोचकहरूलाई निरन्तर गालीगलौज गरिरहेका थिए। उनीहरूले पुरानै दलका झोले र अरिंगालजस्तो असहिष्णु व्यवहार देखाए। गत निर्वाचनमा स्वतन्त्र रूपमा मत दिने मतदाता यस्तो व्यवहारले घ्रृणित भए र विस्तारै रास्वपाबाट टाढिए। ५. पुरानैजस्तो नयाँ दल: मतदाताहरूलाई पुरानै दलजस्ता नयाँ दलको खाँचो थिएन। उनीहरूलाई देश बनाउने, पूर्ण वैकल्पिक राजनीतिक शक्तिको खोजी थियो जसको सोच, संस्कृति र कार्यशैली फरक होस्। रास्वपा पुरानै दलको नयाँ संस्करण जस्तो देखियो। मतदातालाई लाग्यो- जब पुराना दल नै छन् भने उनीहरूकै संशोधित दलको के औचित्य रह्यो र ? यसैले रास्वपालाई उनीहरूले विकल्पका रूपमा लिएनन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क