इन्फो नेपाल — सञ्चारको सञ्जाल

टिप्परको ठक्करपछि घाँटी थिचेर हत्या

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको मृत्यु टिपरको ठक्करबाट नभइ हत्या गरिएको बताएका छन् । यही मंसिर २५ गते राति ११ बजेतिर २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको दाबी गरिए पनि परिवारले भने हत्या भएको बताएका छन् । फुयाँललाई बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएकाे थियाे । टिपरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । ठक्‍करबाट घाइते भएका फुयाँललाई चालक र अन्य मानिसहरु मिलेर बालुवा लाेड गर्न प्रयाेग गरिने सावेलले घाँटी थिचेर हत्या गरेको आराेप मृतकका दाजु जयरामले लगाएका छन् । घटनामा संलग्नताको आशंका प्रहरीले शिव बलामी र बिमल बलामीलाई पक्राउ गरिसकेको छ । दोषीलाई कर्तव्य ज्यान कसुरमा मुद्दा चलाउन माग गर्दै सोमबार पीडित पक्षले तीनपिप्ले स्थित प्रहरी कार्यालयमा घेराउ गरेका छन् । अभियुक्त शिवले आफूलाई टिप्पर धनी बिमलले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्वीकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । टिप्पर बिमलले चलाएको बेला ठक्कर दिएको खुलेको प्रहरीको दाबी छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क