इन्फो नेपाल — सञ्चारको सञ्जाल

टीका थाप्न माइत हिँडेकी महिलालाई खोलाले बगायो

तम्घास । गुल्मीमा टीका थाप्न माइत हिँडेकी ४१ वर्षीया महिलालाई खोलाले बगाएर उहाँको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –५ की ४१ वर्षीया लक्ष्मी कुँवरलाई खोलाले बगाउँदा उहाँको ज्यान गएको हो । सो पालिकाको वडा नम्बर २ को पीपलधारामा टीका थाप्न माइत जाने क्रममा अदौरी खोलाले बगाएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शवको स्थलगत मुचुल्का तयार गरी तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो । निरन्तर पानी परेकाले बीच–बीचमा सडकहरू अवरुद्ध भएको बताउँदै यादबले शवलाई आज तम्घास ल्याउन नसके भोलि बिहीबार बिहान तम्घास ल्याई पोष्टमार्टम गरिने र आफन्तको जिम्मा लगाइने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क