इन्फो नेपाल — सञ्चारको सञ्जाल

टोकियोबाहिर सर्ने परिवारले प्रति बच्चा १० लाख येन पाउने

टोकियो । जापान सरकार टोकियो महानगर क्षेत्रको अत्यधिक जनघनत्व जसरी भएपनि घटाउने प्रयासमा छ । यही प्रयास अन्तर्गत सरकारले टोकियोबाट बसाई सरेर अन्यत्र जाने घरपरिवारलाई एक बालबालिका बराबर १० लाख येन (७ हजार ५०० डलर) दिने भएको छ । यस अघि भने बालबालिकै पिच्छे ३ लाख येन मात्रै दिइन्थ्यो । जापानले यस अघि नै महानगरीय क्षेत्रबाट बसाई सरेर जानेलाई वित्तीय टेवा अन्तर्गत अधिकतम् ३० लाख येन दिँदै आएको थियो । नयाँ नियम अप्रिलमा शुरु हुने आर्थिक वर्षदेखि लागू हुने बुधबार यस मामिलासँग जानकार स्रोतले बताएको भन्दै क्योदो न्यूजले समाचार छापेको छ । टोकियोको २३ ओटामा बस्ने मात्रै होइन टोकियो आसपासका साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा बस्नेहरुले पनि यो बसाई सराई टेवा कार्यक्रमका लागि योग्य हुनेछन् । बसाइँ सराइ हुने नगरपालिका महानगर र अपस क्षेत्रभन्दा बाहिरको हुनुपर्छ । तर टोकियो र आसपासका पहाडी क्षेत्रलाई पनि यो योजनामा समावेश गर्न सकिने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा बसाई सराई टेवा कार्यक्रममा करिब एक हजार ३ सय नगरपालिकाले सहभागिता जनाएका छन् । सहयोग पाउने परिवारका सदस्यहरू यस योजनामा सहभागी हुन नगरपालिका क्षेत्रमा कम्तिमा ५ वर्षको लागि कार्यरत हुनुपर्छ। निर्धारित समय नबित्दै बसाई सर्नेसँग पैसा फिर्ता मगिनेछ । शिशु स्याहार टेवा १८ भन्दा कम उमेरका बालबालिका भएका परिवारलाई दिइनेछ । बालबालिका १८ वर्ष वर्षको छ र माध्यमिक विद्यालयको अन्तिम वर्षमा अध्ययन गरिरहेको छ भने चाँहि टेवा पाउनेछ । यो कार्यक्रमले माध्यमिक तह वा सो भन्दा तल्लो तहका विद्यालयमा पढिरहेका बालबालिका भएका घरपरिवारलाई ग्रामीण वा उपशहरी क्षेत्रमा बसाई सरेर जानका लागि प्रेरित गर्ने सरकारको आशय छर्लङ्ग पारेको छ । १८ वर्ष भन्दा कम उमेरका २ बालबालिका भएका दम्पत्ति बसाई सरेर र नयाँ क्षेत्रमा व्यवसाय शुरु गर्दै छन् भने उनीहरुले ५० लाख येनसम्मको थप वित्तीय सहयोग पनि पाउनेछन् । यस्तो खालको कार्यक्रम २०१९ मा शुरु भएको थियो । यो कार्यक्रम मार्फत आव २०२१ मा २ हजार ३८१ जना महानगरीय क्षेत्र बाहिर गएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क