इन्फो नेपाल — सञ्चारको सञ्जाल

ट्रायल पास गर्नेलाई अबदेखि फोटो र क्यूआर कोडसहित रसिद दिने

काठमाडौं | सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को समस्या समाधान गर्न नयाँ तरिका अपनाउन लागेको छ। अब ट्रायल पास गर्नेहरूलाई फोटो र क्यूआर कोड भएको विशेष रसिद दिइनेछ। यो नयाँ व्यवस्था स्मार्ट कार्ड नभएको बेला चालकहरूलाई सहयोग गर्न ल्याइएको हो।

ट्राफिक प्रहरीलाई यी नयाँ रसिद जाँच्नका लागि क्यूआर कोड पढ्ने मेसिन दिइनेछ। यातायात मन्त्री देवेन्द्र दाहालका अनुसार, स्मार्ट लाइसेन्स वितरणमा भएको ढिलाइका कारण यो अस्थायी समाधान खोजिएको हो।

अहिले १५ लाख जति मानिसहरूले ट्रायल पास गरे पनि स्मार्ट कार्ड पाउन सकेका छैनन्। यातायात विभागको पुरानो मेसिनले नयाँ कार्ड पढ्न नसक्ने समस्या देखिएपछि यो नयाँ उपाय सोचिएको हो।

यसैबीच, सरकारले प्रदेशहरूलाई आफ्नै तर्फबाट कार्ड छाप्न आग्रह गरेको छ। बागमती प्रदेशले यस्तो काम सुरु गर्ने बताएको छ र अन्य प्रदेशहरू पनि यसका लागि तयारी गरिरहेका छन्। समस्या समाधानका लागि संघीय सरकारका भौतिक मन्त्रीको नेतृत्वमा एउटा समिति पनि बनाइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क