इन्फो नेपाल — सञ्चारको सञ्जाल

ठूला दलविरुद्ध घण्टी बजाइरहेका रविका उम्मेदवारहरू

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो प्रयासमै राष्ट्रिय दलको रूपमा उदाउने सम्भावना छ । पुराना दलप्रति बढ्दो वितृष्णा र लामिछानेको लोकप्रियता नै रास्वपाका लागि इतिहास रच्ने अवसर बन्न सक्छ । प्रदेशसभा चुनाव बहिष्कार गरेको रास्वपाले प्रतिनिधिसभाको १ सय ६५ मध्ये १ सय ३१ सिटमा उम्मेदवारी दिएको छ । सबैभन्दा धेरै एमालेले १ सय ४१ र दोस्रोमा रहेको राप्रपाका १ सय ४० उम्मेदवार छन् । प्रत्यक्षमा ५ सिट ल्याउने रास्वपाको प्रक्षेपण छ । समानुपातिकमा भने उसले अप्रत्यासित मत पाउने अनुमान गरिएको छ । राजनीतिक पृष्ठभूमिबिनाको नेतृत्व र नयाँ दल भएकाले तथ्यमा रास्वपाले पाउन सक्ने मतको हिसाबकिताब निकाल्न मुस्किल छ । तर, चुनाव चिह्न घण्टीप्रति देखिएको आकर्षणले रास्वपाको संसद् यात्रालाई खासै कठिन देखाउँदैन । सुरुकै प्रयासमा राष्ट्रिय दलको हैसियत पाउनु रास्वपाका लागि ठूलो उपलब्धि हुनेछ । राष्ट्रिय दल बन्न प्रत्यक्षमा कम्तिमा १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनैपर्छ । अर्थात १ सय ३१ जना उम्मेदवारमध्ये रास्वपाले प्रत्यक्षमा एक सिट त जित्नैपर्छ । अनि देशभर खसेको कुल सदर मतको ३ प्रतिशत समानुपातिकमा मत ल्याउनुपर्छ । देशैभरि १ करोड मत खस्यो भने कम्तिमा तीन लाख मत समानुपातिकमा पाउनुपर्छ । दुवै थ्रेसहोल्ड पार गर्ने दलहरूले संसद्मा राष्ट्रिय दलको हैसियत प्राप्त गर्नेछन् । नभए चुनिएकाहरू पनि स्वतन्त्र सांसदका रूपमा बस्नुपर्ने हुन्छ । जस्तो कि, २०७४ मा राप्रपा नेपालले प्रत्यक्षमा १ सिट जिते पनि समानुपातिकमा तीन लाख मत पाउन नसकेपछि राष्ट्रिय दल बन्न सकेको थिएन । खासगरी ७ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले प्रमुख दलका उम्मेदवारको कानमा घण्टी बजाइरहेका छन् । चितवन- १, चितवन- २, काठमाडौं- २, काठमाडाैं ६, ललितपुर- ३, नुवाकोट- २ र बाँके- २ मा रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धी बन्न सक्ने अड्कल गरिएको छ । यीमध्ये पनि रास्वपालाई राष्ट्रिय दलको मान्यता दिलाउने सम्भावित क्षेत्र चितवन- २ लाई मानिएको छ । अन्य क्षेत्रमा रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिन सक्छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क