इन्फो नेपाल — सञ्चारको सञ्जाल

ठूला दल नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ - रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताए । ‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन्, मौकाको दुरुपयोग नगर्नु होला, जनताको पक्षमा काम गर्नुहोला’, लामिछानेले भने, ‘अन्यथा अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ, यो रोकिनेवाला छैन ।’ लामिछानेले जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताए । उनले जनताले दिएको शक्ति लिएर आफ्ना कार्यकर्ता र आपेपासे आफन्त पोस्ने काम मात्रै नगर्न आग्रह गरे । अब संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने भन्दै लामिछानेले सबै दल भष्ट्राचार नियन्त्रण र अहिलेसम्म भएका ठूला काण्डको छानबिनका लागि तयार हुनुपर्ने बताए । अहिलेको निर्वाचन परिणामले कोही पनि आत्तिन र मात्तिन नहुने भन्दै उनले निर्वाचनमार्फत युवाले हस्तक्षेपकारी भूमिका खेलेको धारणा राखे । नेपालको राष्ट्रियता, स्वधीनता र स्वाभिमानको सम्मान गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । देशको सीमाको रक्षा गर्न निर्मम हुने भन्दैं देशको गुमेको भूभाग प्राप्त गर्न कुनै कसर बाँकी पनि लामिछानेले बताए । मागी खाने नभई गरी खाने देश बनाउन खोजेको दावी गर्दै लामिछानेले यसअघि नेपाली जनताले जित्न नपाएको तर यसपटक जितेको टिप्पणी गरे । उनले आफ्नो निर्वाचन क्षेत्रको कार्यालयमा जनताका समस्या सुन्न एउटा खबरदारी र अर्को आइपरेका समस्याको गरी दुई अलग अलग बाकस राख्ने पनि बताए । यस्तै, टोल तथा वडावडाबाट प्रतिनिधि छानेर संसदीय बोर्ड गठन गर्ने भन्दै त्यसका लागि प्रतिनिधि पठाउन सभामा उपस्थितहरुलाई आग्रह गरे । निर्वाचनमा गरेका वाचा आफूले हुबहु कार्यान्वयन गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क