इन्फो नेपाल — सञ्चारको सञ्जाल

डकर्मी र खेलकर्मी महिला सम्मानित

हेटौँडा | हेटौँडामा रहेको सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा दुई जना महिलालाई जागरुक महिला सम्मानबाट सम्मानित गरेको छ। सम्मानित हुनेमा हेटौंडा ५ की खेलकर्मी सरेशा ढुङ्गाना र हेटौंडा १९ बस्तीपुरकी डकर्मी गौरिमाया सिन्तान रहेकी छन्। ढुङ्गाना तीन दशकदेखि तेक्वान्दो खेलसँग आबद्ध रहेकी छिन् र मकवानपुरबाट तेक्वान्दो खेलको पहिलो महिला मेडलिष्ट हुन्। सिन्तान १२ वर्षदेखि डकर्मी पेशामा रहेकी छिन् र आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेर महिला मिस्त्रीका रुपमा परिचित छिन्। रेडियोले दुवै महिलालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका हुन्। मन्त्री काफ्लेले रेडियोले फरक क्षेत्रमा चुपचाप काम गरिरहेका महिलालाई सम्मान गर्नु सकारात्मक पक्ष भएको बताए। उनले सञ्चार जगतका यस्ता काममा प्रदेश सरकारको साथ रहने उल्लेख गरे। रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीका अनुसार, विगत १४ वर्षदेखि प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने महिलाहरुलाई सम्मानित गर्दै आइरहेको रेडियोले हालसम्म २८ जनालाई सम्मानित गरिसकेको छ। कार्यक्रममा विभिन्न गणमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो र संस्कृतिको जगेर्ना गर्दै तीजलाई सभ्य र भव्य तवरले मनाउनुपर्ने धारणा राखिएको थियो। साथै, कार्यक्रममा दोहोरी प्रस्तुति र नृत्य प्रतियोगिता पनि समावेश गरिएको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क