इन्फो नेपाल — सञ्चारको सञ्जाल

डा रुइत र मानश्री पुरस्कार डा पुनलाई वसुन्धराश्री पुरस्कार

काठमाडौँ: वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ चिकित्सक डा रुइतलाई विसं २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ वैज्ञानिक श्री डा महावीर पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गरेका छन्। रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए । विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नाँगीमा जन्मनुभएका डा पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पु¥याएका अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भैसकेका छन्। यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे विसं २०५७, वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट विसं २०५८, वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ विसं २०५९ वरिष्ठ समालोचक श्री यदुनाथ खनाल विसं २०६०, वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित विसं २०६१, वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा विसं २०६२, वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई विसं २०६३, वरिष्ठ कवि श्री मोहन कोइराला विसं २०६४, वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी विसं २०६५, वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान विसं २०६६, वरिष्ठ कवि श्री वैरागी काइँला विसं २०६७, वरिष्ठ कवि श्री धर्मराज थापा विसं २०६८, वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी विसं २०६९, वरिष्ठ चित्रकार श्री शशि शाह विसं २०७०, वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल (विसं २०७१, वरिष्ठ सङ्गीतकार श्री अम्बर गुरुङ विसं २०७२, वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री विसं २०७३, वरिष्ठ समालोचक प्रा डा तारानाथ शर्मा विसं २०७४, वरिष्ठ गायक श्री प्रेमध्वज प्रधान विसं २०७५, वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ २०७६, वरिष्ठ आख्यानकार डा ध्रुवचन्द्र गौतम विसं २०७७, वरिष्ठ लोकगायक श्री कुमार बस्नेत विसं २०७८ र वरिष्ठ साहित्यकार श्री ठाकुरप्रसाद गुरागाईं विसं २०७९ लाई प्रदान गरेको छ । त्यसैगरी प्रज्ञा–प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी विसं २०५७, साहित्यकार श्री विनय रावल विसं २०५८, नाटककार श्री अशेष मल्ल विसं २०५९, गजलकार श्री ज्ञानुवाकर पौडेल विसं २०६०, साहित्यकार श्री मञ्जुल विसं २०६१, कथाकार श्री मधुवन पौडेल विसं २०६२, कवि श्री विष्णुविभु घिमिरे विसं २०६३, कवि श्री कृष्णभूषण बल विसं २०६४, कथाकार श्री भुवन ढुङ्गाना विसं २०६५, कथाकार श्री सनत रेग्मी विसं २०६६, कवि श्री विजय बजिमय विसं २०६७, समालोचक डा रामदयाल राकेश विसं २०६८, कथाकार डा वेञ्जु शर्मा विसं २०६९, चित्रकार श्री किरण मानन्धर विसं २०७०, कलाकार श्री नीर शाह विसं २०७१, गायक श्री दीप श्रेष्ठ विसं २०७२, साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ विसं २०७३, साहित्यकार तथा सञ्चारकर्मी श्री खगेन्द्र नेपाली विसं २०७४ गायक श्री भक्तराज आचार्य विसं २०७५, कलाकार श्री हरिवंश आचार्य विसं २०७६, साहित्यकार सरुभक्त (विसं २०७७, गायिका श्रीमती मीरा राणा विसं २०७८ र कलाकार श्री थानबहादुर रावल विसं २०७९ लाई प्रदान गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क