इन्फो नेपाल — सञ्चारको सञ्जाल

डा. रुइत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्डको पाँचौँ संस्करणअन्तर्गत सन् २०२३ मा डा. रुइतलाई प्रदान गरिन लागिएको हो । यो अवार्डलाई डा. रुइतले आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ र राज्यको प्रतिष्ठाको रूपमा पाएको बताएका छन् । बिहीबार तिलगंगा आँखा प्रतिष्ठानको पत्रकार सम्मेलनमा बोल्दै डा. रुइतले भने, “यो मेरो ३५ वर्षे करिअरकै सबैभन्दा ठूलो कमाइ हो । यतिमात्रै होइन नेपालको प्रतिष्ठालाई उच्च बनाउने अवसर पनि हो । त्यसैले यो राष्ट्रले पाएको सम्मान हो ।” नेत्र उपचारको क्षेत्रमा नेपाल विश्वका विकसित मुलुकहरूभन्दा कम नभएको तथ्यलाई यो अवार्डले थप प्रमाणित गरेको डा. रुइतको भनाइ छ । इसा अवार्ड मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ । यसको राशि १० लाख अमेरिकी डलर रहेको छ । विश्वभरका १४५ व्यक्ति तथा संस्थाहरूको प्रतिष्पर्धामा डा. रुइत ६ नम्बरमा ‘स्पेसल नोमिनी’को रूपमा छनोट भएका थिए । डा. रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । विश्व स्वास्थ्य संगठनजस्ता बलिया संस्था र विभिन्न शक्तिशाली राष्ट्रका व्यक्तित्वहरूसँगको प्रतिस्पर्धामा आफूले इसा अवार्ड पाउनुलाई डा. रुइतले ‘फेयर जज्मेन्ट’को रूपमा लिएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क