इन्फो नेपाल — सञ्चारको सञ्जाल

डिजेललाई खानेतेल सम्झिएर प्रयोग गर्दा आगलागी, दुईजना घाइते

 हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमानेको नमुना टोलमा खाना पकाउने क्रममा डिजेललाई खानेतेल सम्झिएर प्रयोग गर्दा भान्सामा आगलागी भएको छ । आगलागीमा परी एक किशोरीसहित दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बुधबार साँझ बच्चा देवानको घरमा डेरा गरी बसिरहेकी वीरगञ्ज महानगरपालिका–३० की १३ वर्षीया असिया खातुनले मासु पकाउने क्रममा गल्तीवश कराईमा डिजेल हालेपछि आगो सल्किएको हो।

आगो लाग्दा असिया खातुनको अनुहार, हात, पिठिउँ र खुट्टामा गम्भीर रूपमा चोट लागेको छ । यस्तै, घटनामा भारत बिहार राज्य मोतिहारी जिल्लाको आदापुर ग्राम निवासी २५ वर्षीया अफ्रिदा खातुन पनि सामान्य रूपमा घाइते भएकी छन् । उनको बायाँ कान, गाला र हात जलेको प्रहरीको भनाइ छ।

घाइते दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

आगलागीबाट काठको ढोका, खाद्यान्न र लत्ताकपडालगायत सामग्री गरी करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क