इन्फो नेपाल — सञ्चारको सञ्जाल

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँले घट्यो

काठमाडौँ । डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटेको छ । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटाएको हो । अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पठाएको छ । अब पूर्वाधार कर घटेपछि डिजेल र पेट्रोलको मूल्य घट्ने सम्भावना छ । त्यसका लागि उद्योग वाणिज्य मन्त्रालये निर्णय गर्नुपर्नेछ । त्यसपछि आयल निगमले उक्त निर्णय कार्यान्वयन गर्नेछ । नेपाल आयल निगमले भने पेट्रोलमा ठूलो घाटा खाइरहेको बताउँदै आएको छ । पेट्रोलियम पदार्थको पूर्वाधार कर घटाउन सरकारले आफू मातहतका भन्सार कार्यालयहरूलाई नै निर्देशन दिनुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाई छ । भन्सारबाट पूर्वाधार कर घटेर आए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन गाह्रो हुने उनले बताए । ‘अहिले नै हामीलाई पेट्रोल, डिजेललगायतमा घाटा छ । त्यो घाटा परिपूर्ति गर्न नै घटाइएको करको उपयोगिता हुनेछ,’ उनले भने । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार बढाएको भन्दै सरकारको आलोचना भइरहेको छ । संघीय चुनाव नजिक आइरहेको अवस्थामा आलोचना कम गर्न भए पनि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने निष्कर्षमा पुगेको बताइन्छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क