इन्फो नेपाल — सञ्चारको सञ्जाल

डेढ वर्षपछि आयल निगम नाफामा

काठमाडौं । नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुने भएकाे छ । निगमका वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकाले निगम डेढ वर्षपछि नाफामा गएको जानकारी दिनुभयो । आइओसीले दशैं अघि पठाएको मूल्य अनुसार १५ दिनमा निगमलाई ८० करोड रुपैयाँ नाफा हुने अनुमान गरिएकाे छ । यो निगमको मासिक नाफा मात्रै हो । डेढ वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिंदा निगमले ५५ अर्ब गुमाएको थियो । निगमले यो अवधिमा तेल ल्याउन ४० अर्ब ऋण बोकिरहेको छ । ४० अर्ब मध्ये करिब २५ अर्ब आइओसी, १० अर्ब वाणिज्य बैंकबाट ऋण लिएर तेल आपूर्ति गरेको थियो । निगम नाफामा गएपछि मूल्य घटाउने दवाव पर्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा पनि निगमले नघटाएर ठूलो नाफा लिएको भन्दै नागरिकस्तरमा आलोचना हुन थालेको छ । मंसिरमा निर्वाचन समेत घोषणा भएकाले सरकारले पनि तेलको मूल्य घटाएर राजनीतिक लाभ लिन खोजिरहेको छ । तर, निगमका उच्च अधिकारी भने ओपेकले दैनिक २० लाख ब्यारल तेल उत्पादन कटौतीको घोषणा गरेपछि मूल्य उकालो लागेको भन्दै भाउ नघटाउने पक्षमा छन् । दशैं बिदामा नयाँ मूल्य आएकाले भाउ घटाउने बारेमा कुनै छलफल नभएको निगममा उच्च पदाधिकारी बताउँछन् । यसैबीच, मुलुककै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँस आयातमा १७ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब ४ करोड ४३ लाख मूल्यको २ लाख २७ हजार ५ सय ३६ किलोलिटर इन्धन आयात भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा रु ९ अर्ब २० करोड ७३ लाखको १ लाख ९० हजार ९ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएपनि खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज नाकाबाट इन्धनको आयात घटेपनि त्यसबाट संकलित राजस्व भने दुई प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा रु ९ अर्ब ६६ करोड ९६ लाख राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा १६ करोड ७२ लाख रुपैयाँ भन्दा बढी अर्थात ९ अर्ब ८३ करोड ६९ लाख राजस्व संकलन भएको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क