इन्फो नेपाल — सञ्चारको सञ्जाल

तनहुँमा आगलागीबाट पाँच बर्षिय बालकको ज्यान गयो

तनहुँ । तनहुँमा छुट्टाछुट्टै घटनामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ६ दाउन्नेस्थित ऋषिराम थापामगरको घरमा शुक्रबार बिहान बालकले लाइटर खेलाउने क्रममा आगलागी भएको थियो। त्यसैबाट जलेर उनको नाति ५ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। देवघाट गाउँपालिकामा चिता सल्काउने क्रममा दुई घाइते यस्तै, तनहुँकै देवघाट गाउँपालिका वडा नम्बर २ मा चितामा आगो लगाउने क्रममा दुई जना स्थानीयवासी घाइते भएका छन्। ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भएपछि धार्मिक परम्परा अनुसार दाहसंस्कारका लागि कालीगण्डकी नदीकिनारामा कुशको लास बनाई चिता सल्काउने क्रममा पेट्रोलको प्रयोगबाट आगलागी भएको थियो। त्यसैबाट घाइते भएका दुई जनालाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क