इन्फो नेपाल — सञ्चारको सञ्जाल

तनावग्रस्त काठमाडौं

काठमाडौं । काठमाडौंको बालाजु क्षेत्र सोमबार तनावग्रस्त रह्यो । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात क्षेत्रका मजदुरहरूले बसलाई बिच सडकैमा छाडेर यातायात सेवा अवरुद्ध पारे । यात्रुहरू मर्कामा परे । साँझतिर प्रहरी र आन्दोलनरत मजदुरहरूबीच झडप नै भयो । केही प्रहरीसहित प्रदर्शनकारी घाइते भए । माछापोखरीमा प्रदर्शनकारीहरूले प्रहरीका दुई गाडीमा आगो लगाइदिए । एउटा प्रहरी बिटमा पनि आगजनी भयो । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिवेश लोहनीका अनुसार झडपबाट २० जना प्रहरी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । झडपको प्रत्यक्ष मारमा भने सर्वसाधारण परे । यतिसम्म कि सर्वसाधारणलाई हिँड्नसमेत कठिन भइरहेको थियो । प्रहरी र प्रदर्शनकारीबाट जोगिन उनीहरू हात उठाएर हिँडिरहेका थिए । आफूहरू सर्वसाधारण भएको देखाउन उनीहरूलाई प्रहरीले हात उठाउन लगाएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क