इन्फो नेपाल — सञ्चारको सञ्जाल

तपाईंका सबै मनोकामनाहरू पूरा होस्, पुस २९ गते बुधबारको राशिफल हेर्नुहोस

२९ पुस,२०७८, तदनुसार १३ जनवरी २०२२ बिहीबार । पौषशुक्लपक्ष पुत्रदा एकादशी व्रत, कृतिका नक्षत्र,विष्टि करण, शुभ योग, चन्द्रमा बृष राशिमा छ । आज बिहान ६ः ५८ मा सूर्योदय हुनेछ भने ५ बजे २७ मिनेटमा सूर्यास्त हुनेछ ।आज ११ः५२ देखि १२ः३४ सम्म अभिजित मुहुर्त रहेको छ भने १ः३२ देखि २ः५१ सम्म राहुकाल रहेको छ । कुनै पनि शुभ कार्य गर्दा अभिजित मुहूर्तको समयमा गर्दा राम्रो हुनेछ । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । बिहीबारको दिन अध्ययन अध्यापनका लागि शुभ बार मानिन्छ । बिहीबारको ग्रह पनि बृहस्पति नै हो । पुत्रदा एकादशीको महत्व : वर्षमा २४ वटा एकादशी पर्छन् । तीमध्ये पुत्रदा एकादशी पौषशुक्लपक्षको एकादशीमा पर्छ । सनातन मान्यताअनुसार आजको एकादशीको व्रत गर्नाले सन्तान श्रीबृद्धि हुने, सन्तान सुखी हुने, संस्कारित हुने र आफ्नो कर्तव्य पालना गर्ने हुन्छन भन्ने मान्यता रहेको छ ।एकादशीको व्रत गर्नेले भोजन गर्न नहुने मान्यता रहेको छ । नियमपूर्वक व्रत गर्दा फल अवस्य पाइन्छ भन्ने मान्यता रहेको छ । एकादशीको दिन फलाहार, र मकैका परिवार खाने चलन छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन सामाजिक कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईंको मनमा हर्ष छाउने छ । यात्राको लागि अवसर मिल्नेछ । आज गरिएको यात्राले फाइदा हुनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । अनावश्यक विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि गरेको कामअनुसारको फल प्राप्त हुनेछ । कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । सकारात्मक सोच राखेर आफ्नो नियमित काम गर्दा राम्रो हुनेछ । अध्ययनमा रुचि छ भने आजको दिन अध्ययन अध्यापनमा समय खर्चनु होला ।    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला । यात्रा गर्न लाग्नुभएको छ भने सूर्योदयर्भपछि गर्दा शुभ हुनेछ । कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)  : आजको दिन यात्रा गर्नुपर्ने हुनसक्छ । मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुनेछ । आफन्त र मित्रह?को साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । आजको दिन कुनै कुमारी कन्यालाई पढ्ने पुस्तक र लेख्ने सामग्री दिनुभयो भने  राम्रो हुनेछ । तुला ( रा.री.?.रे.रो.ता.ती.तु.ते) : मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ । सकारात्मक सोचले फाइदा हुनेछ । धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार  र स्त्रीजातिको साथ सहयोगले कार्य प्रगति हुनेछ । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । आफन्तजनबाट मानसम्मान मिल्नेछ । मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ। आजको दिन अध्ययन र गृहस्थसम्बन्धी काम गर्दा राम्रो हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी