इन्फो नेपाल — सञ्चारको सञ्जाल

तपाईंको भान्सामा लुकेको 'विष': चार लोकप्रिय ब्रान्डका खानेतेल 'अखाद्य'

काठमाडौं | काठमाडौं महानगरपालिकाले गरेको एक ताजा अध्ययनले नेपाली बजारमा बिक्री भइरहेका केही लोकप्रिय खानेतेल ब्रान्डहरू गुणस्तरहीन रहेको खुलासा गरेको छ। महानगरपालिकाले दैनिक प्रयोगमा आउने १३ लोकप्रिय खानेतेल ब्रान्डहरूको परीक्षण गर्दा ४ वटामा खतरनाक स्तरको पेरोक्साइड भ्यालु फेला परेको छ।

गुणस्तरहीन पाइएका खानेतेल ब्रान्डहरूमा पक्वान, अमृत, क्वालिटी र फेमिली रहेका छन्। पक्वान ब्रान्डको तेल श्रीराम रिफाइन्ड आयलले, अमृत ब्रान्डको तेल अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालिले, क्वालिटी ब्रान्डको तेल क्वालिटी आयल रिफाइनरी प्रालिले र फेमिली ब्रान्डको तेल शिवशक्ति घिउ उद्योग जीतपुरले उत्पादन गरेको पाइएको छ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, यी तेलहरूमा पाइएको उच्च पेरोक्साइड भ्यालुले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। उनले भने, "नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ, जसले गर्दा तेल अझ अखाद्य हुन्छ।"

महानगरपालिकाले यी कम्पनीहरूलाई प्रत्येक २ लाख रुपैयाँको जरिवाना गरेको छ र ३ दिनभित्र गुणस्तरहीन तेल फिर्ता लिई नष्ट गर्न निर्देशन दिएको छ। उपभोक्ताहरूलाई यी ब्रान्डका तेलहरू प्रयोग नगर्न र आफूसँग भएको यस्तो तेल तुरुन्त फिर्ता गर्न सुझाव दिइएको छ।

नमुना परीक्षणका लागि ३१ वैशाखमा 'राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला' बबरमहल पठाइएको थियो। यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारबाही गरिएको हो।

महानगरपालिकाले आगामी दिनमा थप ब्रान्डहरूको परीक्षण गर्ने र गुणस्तरहीन उत्पादनहरू विरुद्ध कडा कारबाही गर्ने जनाएको छ। यस कदमले उपभोक्ताहरूको स्वास्थ्य र अधिकारको संरक्षण गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता