इन्फो नेपाल — सञ्चारको सञ्जाल

तरहराको पानिपियामा बसको ठक्करबाट २ जनाको मृत्यु

इटहरी : सुनसरीको इटहरी-२० तरहराको पानिपिया स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट २ जनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका-७ का २६ बर्षीय सन्तोष राई र सोही स्थानका २० बर्षीय अभि राई रहेका छन । हिजो राती साढे ७ बजे धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८१९६ नम्बरको बसले विपरीत दिशा तर्फ जादै गरेको को .२७ प २१९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए । गम्भीर घाईते भएका मोटरसाईकल चालक सन्तोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि धरानको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुवै जनाको मृ´त्यु भएको जिल्ला प्रहरी कार्यलय इटहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इटहरी-४ का टिकाराम चौधरीलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क