इन्फो नेपाल — सञ्चारको सञ्जाल

तरहरामा तीव्र गतिको स्कुटर दुर्घटना हुँदा शिक्षकको मृत्यु

इटहरी- इटहरी २० तरहरामा मध्यरातमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बिहीबार बिहानको राति १ बजे २० मिनेटमा इटहरी २० तरहरास्थित शान्ति टोलको भित्री सडकखण्डमा गुडिरहेको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा पुरुषको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४९२९ नम्बरको स्कुटर आफैं अनियतन्त्रित भएर सडकको साइडमा रहेको स्कुलको भित्तामा ठक्कर हुँदा ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ)को मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानिस्थत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा बिहानको राति २ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तितुङ तरहरास्थित प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीव्र गतिमा रहेको स्कुटर स्कुलको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थलबाट स्कुटर नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क