इन्फो नेपाल — सञ्चारको सञ्जाल

तातोपानी नाका अस्थायी रूपमा सञ्चालन

काठमाडाैँ। चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका चाडपर्वलाई लक्षित गरी तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार नाकाबाट मालवाहक सवारीसाधन आवतजावत गराउने गरी तयारी पूरा भएको छ।

​उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यो नाका आजदेखि ३ गतेसम्म तीन दिन खुला रहनेछ। यो अवधिमा सर्वसाधारणको आवतजावत नभई केवल व्यापारिक कार्गो ट्रकहरूलाई मात्र सीमा पार गर्ने अनुमति दिइनेछ।

​चाडपर्वको समयमा बजारमा अत्यावश्यक वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले तत्कालका लागि नाका अस्थायी रूपमा खोल्न लागिएको हो। लामो समयदेखि सुरक्षा चासो, बाढीपहिरो र सडक अवरोधका कारण नाका बन्द रहँदै आएकोमा हालै चिनियाँ पक्ष खोल्न सकारात्मक भएपछि यो व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।

​सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित नेपाल-चीन सीमामा रहेको तातोपानी नाका नेपाल र चीनबीचको द्विदेशीय व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। तीन दिनको यो अस्थायी सञ्चालनले चाडपर्वका बेला चीनबाट आउने आयातित सामानको आपूर्तिमा राहत पुग्ने अपेक्षा गरिएको छ

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क