इन्फो नेपाल — सञ्चारको सञ्जाल

ताप्लेजुङको पाथीभरामा ४६ देशका मुद्रा भेटिए

सुनसरी / ताप्लेजुङकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा ४६ देशका मुद्रा भेटिएका छन् । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा तीर्थयात्रीहरूले चढाएका ४६ देशका मुद्रा भेटिएका हुन् । पाथीभरा क्षेत्र विकास समितिले आइतवार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० को आय–व्यय विवरण सार्वजनिक गर्दै समितिका निर्देशक मनमणि काफ्लेले अमेरिका डलर तीन हजार तीन सय १९ र कतार रियल तीन हजार नाै सय ५२ रहेकाे छ । सबैभन्दा थोरै रोमानियाको मुद्रा एक रोमानिया लिउ मात्र रहेको निर्देशक काफ्लेले बताए । त्यसैगरी साउदी अरब, मलेसिया, भुटान, कुवेत, हङकङ, कोरिया, दुबई, बहराइन, चीन, जापान, मालदिभ्स लगायतका मुद्रा पनि पाथीभरामा चढेकाे छ । सङ्कलित मुद्रामध्ये केही धेरै रङ लागेर रातो भएका र केही च्यातिएका भेटिएका छन् । ती मुद्राहरू सटही गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ । सम्मेलनमा आर्थिक वर्ष २०७९/८० मा आठ करोड ५९ लाख ९७ हजार एक सय ९४ रुपैयाँको कारोबार भएको बताइएको छ । कारोबार रकममध्ये गएकाे वर्षको साउनदेखि असार मसान्तसम्ममा तीर्थयात्रीहरूले चढाएको भेटीबाट तीन करोड चार लाख ६२ हजार तीन सय ९७ रुपैयाँ जम्मा भएको थियो भने दाताबाट सिधै पाथीभरा मन्दिरको बैंक खातामा १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ जम्मा भएकाे पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क