इन्फो नेपाल — सञ्चारको सञ्जाल

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा जिप दुर्घटना, २ जनाको मृत्यु

सुनसरी : इलामको सूर्योदय नगरपालिका-हर्कटे बजार नजिकैको सुकेपोखरीमा बाेलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृ´त्यु भएको छ। मे १ ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट तल खस्दा इलामको माइजोगमाई गाउँपालिका-४ का ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँका ४० वर्षीय भरत घिमिरेको मृ´त्यु भएको हो । दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् । दुर्घटनामा परी २ वर्षीया नावालिका सहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण अनियन्त्रित भई सडकबाट एकसय मिटर तल झरेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको समेत बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोङ गाउँपालिकाको कुटिडाँडाबाट इलाम आउँदै गरेको मे१ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट करिव सय मिटर तल झर्दा दुर्घटना भएको हो। सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको ताप्लेजुङ प्रहरीले जनाएको छ । हाम्रो कोशी आवाजबाट साभार भएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क