इन्फो नेपाल — सञ्चारको सञ्जाल

तार चुँडिएर करेन्ट लाग्दा तीन जनाको ज्यान गयो

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । आज (शनिबार) दिउँसो करिब सवा २ बजेको समयमा घरअगाडि खेल्दै गरेका चार वर्षीय बालक कृष्णलाई बिजुलीको करेन्ट लाग्यो । बालकलाई बचाउन गएका उनका हजुरबुबा ६० वर्षीय गोरखबहादुर केसी र हजुरआमा ५५ वर्षीया दिलसरालाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका तिनैजनाको घटनास्थलनजिकै रहेको लमही अस्पताल र बुटवलमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्जवल बहादुर सिंहले बताए। हजुरबुबा केसीको बुटवल र हजुरआमा दिलसरा र नाति कृष्णको लमही अस्पतालमा उपचारको क्रममा निधन भएको हो। घरभित्र आउँदा बिजुलीको तारले छुने गरी खेल्दा घटना भएको बताइएको छ । प्रहरीले घटनास्थलको अनुसन्धान र अनुगमन गरिरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क