इन्फो नेपाल — सञ्चारको सञ्जाल

तालतलैयालाई इटहरी सरकारले मातहत ल्याउने प्रक्रिया सुरु

सुनसरी : इटहरी २ र ३ मा पर्ने पर्यटकीय स्थल तालतलैया विकास तथा संरक्षण समितिका कार्यसमिति तालतलैयालाई इटहरीको स्थानीय सरकार मातहत ल्याउने प्रक्रिया उपमहानगरले सुरु गरेको छ । वन उपभोक्ता समिती मातहत रहेको तालतलैयालाई इटहरी सरकार मातहत ल्याई सञ्चालन तथा व्यवस्थापन गर्न संघीय सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गर्ने उपमहानगरको कार्यपालिका बैठकले निष्कर्षमा निकालेको छ । केही समय पहिले व्यवस्थापनकै विषयमा समस्या परेपछि उपमहानगरले आफु मातहत ल्याउने प्रयास थालेको हो । कार्यदलमा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइराला संयोजक छन्। वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी सहसंयोजक र वडा नम्बर १ र ६ का वडा अध्यक्षहरु क्रमश रतन कार्की, दिवस पोखरेल र कार्यपालिका सदस्य भिमा देवी राई सदस्य रहेका छन् । कार्यदलले अध्ययन गरी प्रतिवेदन पेश गर्ने र उक्त प्रतिवेदनको आधारमा उपमहानगरले ठोस निर्णय लिने कार्यपालिका वैठकले निर्णय गरेको छ । यस अघि , कार्यसमिति सदस्य खगेन्द्र आचार्य र कर्मचारी कुलप्रसाद निरौलाको विवादका कारण सिंगो समूह नै कार्यसमिति विवादित बनेको हो । समितिकै मातहतमा कार्यरत कर्मचारी निरौलाले कार्यसमिति सदस्य आचार्यलाई टिकट काट्ने क्रममा रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियोे । आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काटेर पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको र पछि टिकट माग्दा आँफूले च्यातेर फालिदिएको जवाफ दिएको आरोप लगाइएको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क