इन्फो नेपाल — सञ्चारको सञ्जाल

तितेपातीले एक घण्टामै यति ठुलो रोगहरु निवारण गर्छ यसरी प्रयोग गर्नुहोस

तितेपातीमा धेरै औषधीय गुण हुन्छन् । तितेपाती खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ ।जहाँ तहीँ पाइने तितेपातीमा औषधीय गुण हुन्छ भन्ने कुरा थाहा भए पनि यसको प्रयोगबारे सबैलाई थाहा हुँदैन । तितेपातीको प्रयोगबारे यहाँ प्रस्तुत गरिएको छ । तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू बताउँछन् ।त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तितेपातीको तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताए । उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छर्किँदा कीरा भाग्ने गर्छन् । तितेपातीको प्रयोगले मलेरिया निको पार्न सकिन्छ । तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ ।कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुु हुदैन । जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ । विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ। बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ । बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।तितेपातीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ । बाथ,पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन् । छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ । सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ । सबै रोगलाई उपयुक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ । बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् । -एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता