इन्फो नेपाल — सञ्चारको सञ्जाल

तिहारको मुखमा विद्युत बन्द भएको खबर पाएपछि...

काठमाडौं । तिहारको मुखमा विद्युत बन्द भएको खबर पाएपछि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको भरतपुरस्थित बसेनी सबस्टेसन पुगे ।त्यहाँ पुगेर प्राधिकरणका कर्मचारीसँग विद्युत बन्द भएको बारे बुझे । कर्मचारीहरुले मंगलबारदेखि नै सबस्टेसनमा पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न ट्रान्सर्फमर सुरु गरिएको जानकारी गराए । तर, कर्मचारीको काम गर्ने शैली, कामको रिपोर्ट र टिपोटमा कुलमानले चित्त बुझाएनन् । फिल्डमा जम्मा काम गर्ने ५ जना जति देखेपछि सबस्टेसन पुगेका कुलमान झोक्किए ।‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ? यहाँ जात्रा हेर्न आउनु भएको ?’उनका अघि पछि देखिएका कर्मचारीहरु सर यस्तो त्यस्तो भन्दै थिए । तर, कुलमानले उनीहरुलाई यस्तो त्यस्तोले चल्दैन तिहारको मुखमा सबस्टेसन नै बन्द भएपछि के हुन्छ भन्दै बरु खसी ल्याएर खानुस तर, चाहिने जति श्रमिक ल्याएर यो काम चाँडो गर्नुस् । तिहारकै बेला अन्धाकार देशलाई उज्यालो बनाएर उदाएका कुलमानले बुधबार कर्मचारीहरुलाई तिहारको समयमा सेवाग्राही वा कसैको घरपरिवारमा अँध्यारो हुनु दुःखद रहेको भन्दै काममा ढिलाई नगर्न निर्देशन दिए ।फिल्डका टोली नेता र प्राविधिकहरुलाई कार्यकारी निर्देशक कुलमानले भने, ‘काम गर्नेहरुले जे खान चाहानुहुन्छ, दिनुस् । खसी नै काटेर खानुहुन्छ भने पनि हामी गर्दिन्छौँ । कति श्रमिक र पैसा चाहिन्छ भन्नुस् । २०/३० जना कति मान्छे चाहिन्छ तुरुन्तै ल्याउनुस्, तपाईं जे भन्नुहन्छ, म गर्दिन्छु ।’ नयाँ ट्रान्सर्फमर बिहीबार बिहानै आइपुग्ने बताउँदै कार्यकारी दिर्नेशक घिसिङले लक्ष्मीपूजाको दिन विद्युत झलमल्ल हुनुपर्ने निर्देशन दिए ।मंगलबार दिउँसोदेखि भरतपुर क्षेत्रमा विद्युत बन्द भएको छ । विद्युत बन्द भएपछि सेवाग्राहीका घरमा अन्धाकार छाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क