इन्फो नेपाल — सञ्चारको सञ्जाल

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी

काठमाडाैँ। नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति निरन्तर र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा बत्ती जाने समस्या हुन नदिन उत्पादन, प्रसारण र वितरण प्रणालीलाई दुरुस्त राख्दै प्राविधिक कर्मचारीलाई २४ सै घण्टा 'स्ट्यान्डबाइ' राखिएको प्राधिकरणले जनाएको छ।

​तिहारको लक्ष्मीपूजाका दिन भोलि (आइतबार) बेलुकी विद्युत्‌को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। सो समयमा स्वदेशी आयोजनाहरूबाट झण्डै २ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएकाले आन्तरिक उत्पादनबाटै माग सजिलै धानिने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए। मागभन्दा उत्पादन बढी भएकाले विद्युत्‌को अभाव नहुने उनको भनाइ छ।

​प्रणाली सञ्चालन र सम्भावित प्राविधिक चुनौती व्यवस्थापनका लागि कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन तथा प्रादेशिक कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक बसी आवश्यक निर्देशन दिइएको छ। विद्युत् आपूर्तिमा समस्या आए तत्काल मर्मत गर्न र 'नो लाइट' सेवामा प्राप्त हुने फोन तथा गुनासो छिटो सम्बोधन गर्न मातहतका निकायलाई कडा निर्देशन दिइएको छ।

​साथै प्राधिकरणले तिहार र छठमा सजावट गर्दा विद्युत्‌को सुरक्षित प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न, घरको वायरिङ जाँच गर्न र कुनै समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क