इन्फो नेपाल — सञ्चारको सञ्जाल

तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ - गृहमन्त्री लामिछाने

काठमाडौं- सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन सार्वजनिक बिदा दिइएको विषयमा स्पष्टीकरण दिएका छन्। विगतका कयौं निर्णय र परम्पराहरूलाई नीतिगत निर्णय गरेर सच्याउनुपर्ने बताउँदै उनले भनेका छन्, "अनावश्यक विदा, 'भिआईपी सवारी' नागरिकले पाउने सास्ती, करोडौं खर्चेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवालाले मात्र अपराधीलाई छुट पाउने र सुरक्षाकर्मीलाई कामदार बनाउने परम्परा लगायतका विषयमा लगातार काम भइरहेको छ।" गृहमन्त्री लामिछानेले तीन दशकका अभ्यासहरूलाई सच्याउनका लागि समय लाग्ने बताएका हुन्। उनले भनेका छन्, "विगतका कयौं निर्णय र परम्परा छन्, जसलाई नीतिगत निर्णय गरेर सच्याउनुपर्छ। तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ।" "धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ", उनले थपे। गृहमन्त्री लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गरिरहेको, लाखौं नेपालीलाई रोजगारी दिइरहेको र नेपालसँग ऐतिहासिक सम्बन्ध रहेको मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा ससम्मान स्वागत गरेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क