इन्फो नेपाल — सञ्चारको सञ्जाल

तीन दिनदेखि अन्धकार, मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन

मुगुमा शनिवारबाट सदरमुकामसहित छाँयानाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत सेवा बन्द छ । विद्युत सेवा बन्द हुँदा यहाँको दैनिकी कष्टपूर्ण बनेको छ । नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाढ जलविद्युत आयोजनाको बालैस्थित इन्टेकमा समस्या भएपछि मर्मतका लागि विद्युत उत्पादन बन्द गरिएको हो । पानीनै बन्द गरेर मर्मत गर्नुपर्ने भएकाले सेवा बन्द गरेको प्राधिकरणले जनाएको छ । जसको मार सदरमुकाम गमगढी बजारलगायत आसपासका बस्तीलाई परेको छ । नेपाल बिद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका वितरण केन्द्र प्रमुख दिनेश पौड्यालले १९ चैतसम्म विद्युत अवरुद्ध हुने जानकारी दिए । उनका अनुसार यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्राधिकरण क्षमा चाहन्छ । करिब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना भएको गमगाढ साना जलविद्युत आयोजना पटकपटक बिग्रिन थालेपछि सुधारका लागि मर्मत सुरु भएको हो । स्थानीयले धेरै नै गुनासो गरेपछि मर्मत थालेको प्राधिकरणले जनाएको छ । १२ चैतमा विद्युत अवरुद्ध भएयता सरकारी कार्यालयको कामकाज ठप्प जस्तै भएको छ । साथै स्कुल कलेजमा पढ्ने बालबालिका पनि विद्युत अभावको मारमा परेका छन् । उनीहरू टुकी बालेर पढ्न बाध्य छन् । वितरण केन्द्रमा रहेको मोटर जल्दा विद्युतमा अनियमितता हुँदै आएको थियो । गमगढीमै मोटर मर्मत गर्न नसक्दा नेपालगञ्ज लैजानु परेको हो । सदरमुकाम गमगढी बजारलगायत अन्य बस्तीमा विद्युत सेवा नहुँदा मोबाइल चार्ज गर्न समेत नपाएको छायानाथ रारा नगरपालिका–१० का रामनाथ सेजुवालले बताए । एकातिर अध्यानअध्यापनको लागि पनि सास्ती भएको छ भने अर्कोतर्फ सरकारी तथा गैरसरकारी कार्यालयमा समेत काम ठप्प भएको छ । विद्युत सेवा नहुँदा मैनबत्ती बालेर भए पनि कार्यालय सञ्चाल गरेको आँखा अस्पताल मुगुका कार्यालय प्रमुख ध्रुव बुढ्थापाले बताए । विद्युत गृहमा जडित मेसिनहरू पुरानो भएको र अहिले बजारमा त्यो मोडलका सामान पाउन मुस्किल हुने गरेको छ । विद्युत गृहमा सानोसानो समस्या आए पनि चीनको कम्पनीसँग सोध्नु पर्ने र त्यहीबाट सामान मगाउनु अवस्था छ । यसले पटक पटक समस्या हुने गरेको वितरण केन्द्र प्रमुख पौड्यालले बताए ।    

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क