इन्फो नेपाल — सञ्चारको सञ्जाल

तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काटिन्छ

काठमाडौं | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगहरूलाई तीन महिनाको समय दिइएको जानकारी दिएका छन्।

शुक्रबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले भने, "डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई हामीले फेरि तीन महिनाको समय दिएका हौँ। तीन महिनाभित्र बक्यौता क्लियर गर्ने शर्तमा लाइन जोडिदिएका छौँ।"

उनले चेतावनी दिए कि यदि तोकिएको समयमा महसुल नतिरिए प्राधिकरणले नियमानुसार लाइन काट्नेछ।

घिसिङका अनुसार, केही उद्योगले लोडसेडिङ हटेपछि पनि बक्यौता भुक्तानी गरिरहेका छन्। "हाम्रो रेकर्डअनुसार १७४ उद्योगले तिरेका छन्," उनले भने। उनले थपे, "बक्यौता नलिने भए लिइसकेका उद्योगको पैसा फिर्ता गर्न हामी तयार छौँ।"

घिसिङले प्राधिकरणको वर्तमान आर्थिक स्थितिबारे पनि जानकारी दिए। "हामी ४६ अर्ब सञ्चित नाफामा छौँ। बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्दा ६० अर्ब नाफामा पुग्छौँ," उनले बताए।

डेडिकेटेड र ट्रंक लाइन विवाद बढेपछि प्राधिकरणले अघिल्लो साता ६ उद्योगको लाइन काटेको थियो। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि प्राधिकरणसँग द्वन्द्व देखिएको थियो।

ओलीले घिसिङलाई तत्काल लाइन जोड्न निर्देशन दिए पनि उनले तीन दिनसम्म आफ्नो अडान छाडेनन्। अन्ततः उनले सर्तसहित लाइन जोड्न सहमति जनाए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क