इन्फो नेपाल — सञ्चारको सञ्जाल

तीन महिनामा ९३ ले ज्यान गुमाए, २२ बेपत्ता

हेटौँडा | यो वर्षको वैशाखदेखि असारसम्मको तीन महिनामा मात्रै देशभर दुई हजारभन्दा बढी विपतजन्य घटना भएका छन्। ती घटनामा परी ९३ जनाले ज्यान गुमाएका छन् भने २२ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन महिनामा २ हजार ६५ विपत् घटना भएका छन्। ती घटनामा ४४५ जना घाइते भएका छन् भने ४ हजार १३६ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। सबैभन्दा धेरै क्षति बाढीले पु¥याएको छ। बाढीका मात्रै १३७ घटना हुँदा १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्। असार २४ मा रसुवाको भोटेकोसीमा आएको बाढीबाट मात्रै सबैभन्दा धेरै मानवीय क्षति भएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार पहिरोका १७५ घटनामा ६ जनाको मृत्यु भएको छ। चट्याङले २६ जनाको, आगलागीले १४ जनाको, जनावर आक्रमणले १२ जनाको र लेक लागेर ११ जनाको ज्यान गएको छ। अन्य हावाहुरी, सर्पदंश, भारी वर्षालगायतका कारण पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै बाढीले एक हजार २४६ परिवारलाई प्रभावित बनाएको छ भने आगलागीबाट एक हजार ४८ परिवार पीडित भएका छन्। पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, डढेलोलगायतका कारण सयौँ परिवार विस्थापित र प्रभावित भएका छन्। प्राधिकरणले विपत् न्यूनीकरणमा सबै तहका सरकार, संघसंस्था र समुदायलाई सक्रिय बन्न आह्वान गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क