इन्फो नेपाल — सञ्चारको सञ्जाल

तुला राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

ज्योतिषको दृष्टिकोणले यो वर्ष कस्तो रहनेछ ? तुला राशिहरुका लागि यो वर्ष २०८० कस्तो रहनेछ ? तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) २०८० साल तुला राशि भएका व्यक्तिहरूलाई यो वर्ष राम्रो रहनेछ । शुभ र मङ्गल कार्यको योग छ । देवगुरु बृहस्पति र राहुको गोचरले राम्रो फल दिनेछ । आँटेको र ताकेको कार्य पूरा हुन सक्नेछ । नयाँ कार्यको थालनी र जागिर पाइने योग छ, तर केतुको नकारात्मक प्रभावले वादविवाद, डर र चिन्ता बढ्न सक्छ । यदि जन्म कुण्डलीमा शुभ ग्रहको अवस्था र ग्रहदशा राम्रो रहेमा शुभ फल पाइनेछ । यो वर्ष तुला राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । स्वास्थ्य, प्राविधिक तथा पहिरनको क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्र बढी राम्रो रहला । शनि र केतुको कारणले भने शत्रु बढ्ने, मनमा डर र भय भने रहनेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही या उच्च छ भने शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र, र चैत्र महिना शुभ रहनेछ । यसपालि नयाँ सम्बन्ध जोडिन सक्छ । प्रेम र मित्रताको बन्धमा बढेर जानेछ । व्यापारिक र अन्य सम्बन्ध यथावत नै रहनेछ । पुराना प्रेम सम्बन्धलाई विवाहमा परिणत पनि गर्न सकिनेछ, तर आफ्नो जन्मकुण्डलीमा सप्तम भावको अवस्था कमजोर भएमा शुभ फल नमिल्ला । कात्तिकबाट भने पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउन सक्छ । अध्ययन र अध्यापनमा सामान्य नै रहनेछ । मिहिनेत गरे अनुसार विद्या र बुद्धिको विकास नहुन सक्छ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हासिल गर्नेछन् । भाषा, प्राविधिक, विज्ञान र स्वास्थ्य क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ । यो वर्ष नयाँ रोजगार पाइने र सरुवा र बढुवाको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ संस्थामा आवद्ध पनि हुन सकिनेछ । रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्नेछ । शनि कमजोर रहनाले वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा खर्च बढ्ने, दुख पाइने र अपजस खेप्नु पर्ला साथै विपक्षी भने बढ्न सक्नेछन् । यो वर्ष सामान्य नै रहनेछ । कुनै कुराले मानसिक चिन्ता र समस्या बढ्न सक्छ । प्रजनन समस्या र शीर्ष पीडाको भय भने रहनेछ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ त्यसैले स्वस्थको विशेष ध्यान दिनु होला । कात्तिक महिनाबाट स्वास्थ्यमा सुधार आउनेछ । शुभ रङ्ग सेतो, रातो, निलो, खैरो र गुलाबी शुभ रङ्ग हो । शुभ अङ्क २, ३, ६, र ७ शुभ अङ्क हो । मंगलबार विघ्नहर्ता गणेशजीको व्रत, दर्शन तथा पूजा गर्ने, रोगी तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि र केतु ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि गराउनाले ग्रह पीडा कम भई अधिक सफलता मिल्नेछ, सत्कर्म गर्नेहरूलाई भने नवग्रहको कृपा सदैव रहि रहन्छ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी