इन्फो नेपाल — सञ्चारको सञ्जाल

तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द, ११७ अंकको वृद्धि

काठमाडौं- सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द भएको छ। १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म ११७ अंकले बढ्दै २०७८ अंकमा पुगेको छ। प्रि-ओपनिङको समयमा १५ अंकले बढेको बजार केही मिनेटमा नै पहिलो सर्किट लागेको थियो। त्यसपछि खुलेको बजार पुनः ४ प्रतिशतमाथि बढ्दै दोस्रोपटक सर्किट लागेर बन्द भएको थियो। यसैगरी खुलेको बजार एक मिनेट पनि टिक्न नसक्दै तेस्रोपटक सर्किट लागेर बन्द भएको हो। ६ प्रतिशतले बढेको बजारमा आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच भएको छ। आज २३२ कम्पनीको सेयर कारोबार भएकोमा दुई कम्पनी बाहेक सबैको सेयर मूल्यमा वृद्धि भएको छ। बजार उत्साहको कारण नयाँ राजनीतिक सत्ता समीकरणको चर्चा रहेको बताइएको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क