इन्फो नेपाल — सञ्चारको सञ्जाल

तेह्रथुमको तिनजुरे डाँडा रहेको पाथीभरा मन्दिरमा भक्तजनको आकर्षक

सुनसरी / तेह्रथुमको सानो पाथीभरा भनेर चिनिने तिनजुरेको पाथिभरा मन्दिरमा भक्तजनको आकर्षक भनेको छ । ताप्लेजुङ , संखुवासभा, तेह्रथुमको सिमाना रहेको मन्दिरमा माघ, फागुनको समयमा भक्तजन तथा पर्यटक कमि भएपनि चैत्र र बैशाखमा पर्यटकको बढी भिड हुने गर्दछ । तेह्रथुमको लालिगुराँस नगरपालिका- १ घुरबिसेमा रहेको मन्दिरमा चैत्र र बैशाखमा उभौली पर्ने भएकाले पनि यो सिजनमा तिर्थालु एवं पर्यटकको संख्या बढ्ने गरेको हो । मन्दिर तेह्रथुमको बसन्तपुर बजार सवारी साधानहरुबाट सहजै पुग्न सकिन्छ । गुराँसको राजधानी सँगै रहेको यो मन्दिरमा दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रहेको छ । मन्दिर प्रबेश गर्ने स्थानबाट आफ्नो मनोकांक्षा पुरा हुने जनविश्वासका साथ डोरी टाङदै मन्दिरमा पुर्याउने गरिन्छ । चारैतिर हिमालको मनोरम दृष्य , म्याङ्लुङ बजार, तेह्रथुमको बसन्तपुर बजार आँखै अगाडि देख्न सकिन्छ भने सँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्दै धार्मिक महत्व रहेको छ । झापा, मोरङ , सुनसरी , धनकुटा, संखुवासभा जस्ता जिल्लाहरुबाट भक्तजन आउने गरेका छन् । बिदाको दिन घुम्न आउने गरे पनि अन्य अरूदिन मन्दिर दर्शन गर्न कै लागि दर्शनार्थी आउने गरेको पुजारीको भनाइ छ । तिनजुरे मिल्के जलजले गुफा पोखरी वनभोज तथा पिकनिक खान आउने पर्यटकको पाथीभरा आउने गरेका छन् । मन्दिर जाने बाटोको केही तल सवारीसाधन पार्किङ गर्ने व्यवस्था रहेको छ ।सवारीसाधन पार्किङ गरेर करिब २०-३० मिनेट सिडिको उकालो बाटो हिडेर मन्दिर पुग्न सकिन्छ । मन्दिर दर्शन गर्न इटहरीबाट आएका सुजन भण्डारी भन्छन् ' केही समय अगाडिको भन्दा अहिले मन्दिर सम्म पुग्न सिडिको व्यवस्था गरेको देखियो , मन्दिरको डाँडाबाट देखिने दृश्यले मनै आनन्द बनायो , हरियाली मौसममा यहाँ बाट देखिने डाँडाकाडा बसन्तपुर बजार, म्याङ्लुङ बजारको यी बाट देखिने रहेछ , उनी भन्छन् ।' गुराँसको राजधानी भनेर चिनिने यस क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस आँखै अगाडि देख्न सकिन्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क