इन्फो नेपाल — सञ्चारको सञ्जाल

थाहाले सार्वजनिक गर्‍यो ६० करोड ८ लाखको बजेट

हेटौँडा | मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख भरत गोपालीले विशेष नगरसभामा बजेट प्रस्तुत गर्दै नगरको विकास अवधारणालाई सन्तुलित, समावेशी र दिगो बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सूचना प्रविधिलाई प्रमुख प्राथमिकता दिइएको छ। कुल बजेटमध्ये ३६ करोड ५ लाख पूँजीगत खर्चका लागि र २४ करोड ३ लाख चालु खर्चका लागि विनियोजन गरिएको छ। यो अनुपातमा बजेटको ५९.८२ प्रतिशत पूँजीगततर्फ र ४०.१८ प्रतिशत चालुतर्फ केन्द्रित छ।

राजस्व स्रोतमा संघीय सरकारबाट २४ करोड ५९ लाख, प्रदेश सरकारबाट १५ करोड ८ लाख, आन्तरिक स्रोतबाट १२ करोड ३२ लाख र साझेदारी तथा वैकल्पिक स्रोतहरूबाट ८ करोड ९ लाख संकलन गरिने योजना प्रस्तुत गरिएको छ। उपप्रमुख गोपालीका अनुसार, स्थानीय पूर्वाधार विकासलाई नगरको मेरुदण्ड मानी करिब २२ करोड रुपैयाँ सडक, ढल, नाला, पुल र खानेपानी योजनामा खर्च गरिनेछ।

शिक्षा क्षेत्रको विकासमा विद्यालय स्तरोन्नति, स्मार्ट कक्षा सञ्चालन, विद्यालय पोषण कार्यक्रम, तथा बालमैत्री वातावरण निर्माणका कार्यक्रम समावेश छन्। विशेष आवश्यकता भएका बालबालिकालाई लक्षित गरी पहुँच सुनिश्चित गर्ने कार्यक्रम पनि बजेटमा अटाइएको छ। स्वास्थ्य क्षेत्रमा, हरेक वडामा एक–एक जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने र सबै स्वास्थ्य संस्थाहरूमा डिजिटल डाटाबेस प्रणाली लागू गरिने योजना रहेको छ। साथै, मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति समेत बजेटमा समावेश गरिएको छ।

बजेटले रोजगारी सृजनामा 'एक घर, एक उद्यम' कार्यक्रम लागू गर्दै कम्तीमा ५० युवालाई स्वरोजगारको अवसर दिने लक्ष्य लिएको छ। स्वरोजगारमूलक अनुदान, तालिम तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम नगरले प्राथमिकतामा राखेको हो।

थाहा नगरपालिकाले यो वर्षबाट डिजिटल रूपान्तरणलाई विशेष प्राथमिकता दिएको छ। सबै वडा कार्यालयमा इ-गभर्नेन्स प्रणाली लागू गरिनेछ भने नागरिक सेवा सहज बनाउन 'थाहा मोबाइल एप' पुनर्संरचना गरिनेछ। सेवाको पारदर्शिता, पहुँच र प्रभावकारिता सुनिश्चित गर्न योजना कार्यान्वयनमा अनुगमन र मूल्याङ्कन प्रणाली सुदृढ बनाइने उपप्रमुख गोपालीले जानकारी दिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क