इन्फो नेपाल — सञ्चारको सञ्जाल

थोत्रा जहाज सञ्चालक र उडान अनुमति दिनेलाई गर्न सिके राउतको माग

काठमाडौं, जनमत पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद सिके राउतले थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राउतले मोटरसाइकल दुर्घटना हुँदा चालकलाई हिरासतमा लिई अनुसन्धान थाल्ने प्रहरीले जहाज दुर्घटना हुँदा किन सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ नगरेको हो भन्ने प्रश्न उठाए। राउतले गृहमन्त्री रवि लामिछानेलाई थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न आग्रह गरेका छन्। ‘मोटरसाइकल दुर्घटनामा पनि प्रहरीले धनीलाई हिरासतमा लिएर छानबिन सुरू गर्छ,’ उनले भने, ‘पुरानाभन्दा पुराना थोत्रा जहाज ल्याएर सञ्चालनमा ल्याउने सञ्चालक, अनुमति दिने टोली र उडान अनुमति दिने टोलीलाई पक्राउ गरी छानबिन गर्न कुनचाहिँ विधि र प्रक्रियाले रोकेको छ? या त भन्नुपर्‍यो- सानालाई ऐन र ठूलालाई चैन!’ उनले गृहमन्त्री लामिछानेलाई यस विषयलाई गम्भीरतासाथ लिन र छानबिन गर्न माग पनि गरेका छन्। ‘तपाईंचाहिँ प्रक्रियावादी नबन्नुहोस्,’ राउतले भने। गत आइतबार पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। चालक दलकासहित उक्त जहाजमा ७२ जना थिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क