इन्फो नेपाल — सञ्चारको सञ्जाल

दमक र पथरीको शरणार्थी शिविरमा इन्ट्रा नेसनलले गर्यो स्वास्थ्य चौकी शिलान्यास

सुनसरी / दमक नगरपालिकामा रहेको बेलडाँगीमा भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले शिलान्यास गरेको छ । बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एक कार्यक्रम आयोजना गरी स्वास्थ्य चौकी निर्माण गर्न शिलान्यास गरेको छ । इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले जमिन खनेर स्वास्थ्य चौकि शिलान्यास गरेका थिए । शिलान्यास गरिएको स्वास्थ्य चौकी दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबाट शरणार्थी शिविर भन्दा बाहिरका गाउँ बासिले पनि स्वास्थ्य सुविधा लिन सक्ने बताईएको छ । बेलडाँगी , पथरीको शरणार्थी शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन् । जस्को स्वास्थ्य अवस्थालाई ख्याल गर्दै इन्ट्रा करिव ३० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले बताए । इन्ट्रा नेसनलले शरणार्थीका लागि सधैब काम गरिरहेने , सेवा मुलक काममा अगाडि बढ्ने , शरणार्थीका वृद्धलाई भत्ताको व्यवस्थामा सहजता गर्ने, बालक बालिकालाई पढाइ लेखाइमा सेवा गर्ने र यस अघि पनि इन्ट्रा विभिन्न काम गरिसकेको इन्ट्राका अध्यक्ष अधिकारीले बताए । बिहीबार कार्यक्रममा फाउन्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारी, नेपाल च्याप्टर अध्यक्ष तथा अभिनेता दिलिप रायमाझी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, फाउन्डेसनका प्रवन्ध निर्देशक रुद्र बानियाँ, भ्वाइस अफ नेपाल बिजेता किरण गजमेर, कलाकार शंकर बिसि, गायक डम्बर नेपाली, पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले र इन्ट्राका सदस्यले आ-आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क