इन्फो नेपाल — सञ्चारको सञ्जाल

दशैँमा पनि पेट्रोल पम्प खुला रहने

काठमाडौँ । नेपाल आयल निगमले बडादशैँको सार्वजनिक बिदाका दिनमा पनि इन्धन आपूर्ति सहज बनाउन पम्प तथा डिपोहरू खुला राख्ने भएको छ। निगमले टीकाको दिन र एकादशीबाहेकका अन्य दिनमा उपत्यकासहित देशका विभिन्न प्रदेशमा रहेका डिपोहरू आलोपालो सञ्चालन हुने जनाएको छ।

​सार्वजनिक गरिएको तालिकाअनुसार काठमाडौँको थानकोटस्थित डिपो कात्तिक १, २, ६ र ७ गते खुला रहनेछ। यसैगरी, मधेश प्रदेशको अमलेखगन्ज डिपो कात्तिक १, २, ६ र ८ गते तथा कोशी प्रदेशको विराटनगर डिपो कात्तिक २, ६ र ८ गते खुला रहने निगमले जनाएको छ।

​अन्य क्षेत्रमा पनि डिपो सञ्चालनको समय निर्धारण गरिएको छ। गण्डकी प्रदेशको पोखरा डिपो कात्तिक १, २ र ६ गते, लुम्बिनी प्रदेशको भैरहवा डिपो कात्तिक १, २, ६ र ८ गते सञ्चालन हुनेछन्। त्यसैगरी, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम डिपो कात्तिक २ र ७ गते खुला रहनेछन्।

​चाडपर्वका बेला इन्धनको अभाव हुन नदिन र उपभोक्तालाई सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन डिपो तथा पम्पहरू निश्चित तालिकाअनुसार खुला राख्ने व्यवस्था मिलाइएको निगमले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क