इन्फो नेपाल — सञ्चारको सञ्जाल

दशैंमा खेलिने रोटेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा

भोजपुर/ दशैंमा खेलिने रोटेपिङ ,लिङ्गेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा पुगेको छ । दशैंको पहिलो दिन घटस्थापना सुरु भएसँगै गाउँ-गाउँमा रोटेलिङ्गे ,लिङ्गे पिङ थाप्ने चलन हराउदै गएको हो । पहिलेको दशैं तिहार जस्ता चार्डमा प्रत्येक गाउँका टोल टोलमा पिङ थापिन्थ्यो । दशैंको सुरुवातदेखि थापेको पिङ तिहारसम्मै राखिन्थ्यो । तर, अहिले गाउँगाउँमा खेलिने लिङगे पिङको चलन हराउदै गएको भोजपुरका स्थानीय बताउँछन् । पुराना पुस्ताले थामेको पिङ र पौराणिक घरहरुको नयाँ पुस्ताले संरक्षण गर्न नसक्दा संस्कृति हराउँदै गएको भोजपुरको टेम्केमैयुङ गाउँपालिका -८ का स्थानीय सुमन घिसिङले बताए । जिल्लाभर थापिने पिङहरु पछिल्लो समय घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ । विशेष गरी बाँस गाडेर र रूखमा डोरी बाँधेर टोल-टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन् । गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ । झन् यस वर्ष कोभिड–१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन । विगतमा दशैँ आउनु अघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौं दर्जन रोटेपिङ, जाँतेपिङ र रोटेपिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गर्थ्यो । विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ । आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क