इन्फो नेपाल — सञ्चारको सञ्जाल

दशैंमा टिका लगाउन मामाघर गएर फर्कने क्रममा दुई बच्चालाई खोल्साले बगायो

नुवाकोट । जिल्लाको ककनी गाउँपालिका–१ स्थित ठूलोखोला नजिकैको सिम्टारको खोल्साले दुइ बच्चालाई बगाएको छ । ककनी गापा–२ स्थाइ घर भएका शिवराम घिमिरेको आठ वर्षीया छोरी बेबिशा घिमिरे र चार वर्षीय छोरा श्रीयन घिमिरेलाई सिम्टारको खोल्साले बगाएको हो । दशैंमा टिका लगाउन ससुराली गएर फर्कने क्रममा सिम्टारको खोल्सामा आएको खहरे भेलले शिवरामले चलाएका मोटरसाइकल अनेन्त्रित भई पल्टिदा बाइकको पछाडिको सिटमा बसेका बेबिशा र श्रीयनलाई बगाएको हो । लगातार तीन दिनसम्मको अविरल वर्षाका कारण उर्लेर आएको खहरे खोल्साले उक्त घटना घटाएको हो । स्थानीय र प्रहरी चौकीको सहयोगमा खोजी कार्यलाई तीब्रता दिँदा छोरी बेबिशा घिमिरेलाई हिजो साँझ नै फेला पारेको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । बेपत्ता छोरा श्रीयन घिमिरेको खोजतलास गर्दे जादाँ घटना स्थल बाट करिब ३ किलो मिटर टाढा खोलामा मृतावस्थामा फेला परेको सिम्टार प्रहरी चौकीले जनाएको छ । लगातारको वर्षासँगैको खहरे भेलले शिवरामको परिवारको सारा खुशी लुटेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क