इन्फो नेपाल — सञ्चारको सञ्जाल

दसैंकालागि २९ भदौबाट सर्वसाधारणलाई नयाँ नोट बाँडिने

काठमाडौं । आगामी १० असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैं, तिहार र छठ पर्वका लागि बैंकहरूले सर्वसाधारणलाई २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले २६ भदौदेखि नै बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ । त्यसपछि बैंकहरूले सर्वसाधारणका लागि २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएका हुन् । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही सुविधा पाउनेछन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्मको नयाँ नोट सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ । सबै बैंकहरूमा पु-याइएपछि सर्वसाधारणलाई २९ भदौदेखि नयाँ नोट वितरण गरिने आन्तरिक तयारी गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । नेपालका अनुसार गत वर्षजस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही सुविधा पाउनेछन् । यसरी वितरण गरिने नयाँ नोटहरूमा ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक वटा बन्डल हो । दसैंका ग्राहकलाई आफ्ना शाखा काउन्टरबाट सहज रूपमा नयाँ नोट उपलब्ध गराउने तयारीमा जुटेको राष्ट्र बैंकले देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थालाई भने २ देखि ५ करोड रुपैयाँसम्मका नयाँ उपलब्ध गराउनेछ । चालू आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । अझै पनि दसैंका बेला मात्र नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गरी पुनः यस्तो सुविधा प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क