इन्फो नेपाल — सञ्चारको सञ्जाल

दाइजाे नपाएपछि श्रीमान, देवर र ससुरा मिलेर युवतीको गरे ह'त्या

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा दाइजोका कारण एक युवतीको ह'त्या भएको आशंका गरिएको छ । पर्सा गाउँपालिका वडा नं.१ शितलपुर बस्ने बालदत्त भन्ने रमजेश कुमार राय, उनकाे बुवा राम प्रताप राय र भाइ राजु यादव गरी तिनै जना मिलि २० वर्षीया निशा यादवको ह'त्या गरेको भेटिएकाे छ । निशाको शव ४८ दिनपछि अभियुक्तहरुको आफ्नो घर देखि करिव ४ कि.मि.पूर्व उत्तर तर्फ रहेको आफ्नै खेतमा भेटिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनामा संलग्न श्रीमान सहित ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गत जेठ २३ गते मोहत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना बस्ने निशाको वुवा कैलाश रायले जिल्ला प्रहरी कार्यालयमा छोरी खोज तलाश तथा विपक्षीहरुलाई आवश्यक कार्वाही गरी पाउ वारेमा निवेदन दिएका थिए । निशाको वुवाले दिएको निवेदको भोलिपल्ट जेठ २४ गते निशाको ससुरा राम प्रतापले जिल्ला प्रहरी कार्यालयमा बुहारी निशा हराएकोले खोज तलास गरी पाउँ भनी निवेदन दिएका थिए । निवेदका अधारमा निशाकाे घर परिवारको सदस्यहरु माथी शंका लागि उनकाे श्रीमान रमजेश , ससुरा राम प्रताप र देवर राजु सँग घटनाको सम्बन्धमा बास्तविक बुझ्ने क्रममा निशाको ह'त्या गरेको स्विाकारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए । मृ'तक निशाको १ वर्ष अघी अन्दाजी २५ वर्षिय बालदत्त भन्ने रमजेश सँग मागी विवाह भएको थियो । विवाहको केहि महिनापछि छोरीलाई दाइजोको निहुमा पटक पटक मानसिक तथा शाररीक यातना समेत दिएको मृतकका वुवा कैलाशले दावी गको राजधानी दैनिकले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क