इन्फो नेपाल — सञ्चारको सञ्जाल

दाजु भाइ एफसी र सिमलटार युथ क्लब क्वार्टरफाइनलमा प्रवेश

हेटौँडा | मकवानपुरगढी गाउँपालिका–३ स्थित कुर्ले दमार खेलमैदानमा जारी शहीद रुद्र पाखिन–वासुदेव घिमिरे स्मृति तेस्रो खुला ८–ए साइज फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आइतबार भएका दुवै खेलमा एकतर्फी नतिजा देखिएको छ।

पहिलो खेलमा दाजु भाइ एफसीले घले समाज बकैयामाथि ४–० को फराकिलो जित हात पार्दै क्वार्टरफाइनलको यात्रा तय गरेको छ । खेलको ६औं मिनेटमै छिरिङ लामाले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि समिराज थोकर ले १४औं, ४३औं र ४६औं मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे। उत्कृष्ट प्रदर्शन गरेबापत समिराजलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको छ ।

त्यसैगरी दोस्रो खेलमा सिमलटार युथ क्लब ले नागस्वती फुटबल क्लबलाई पनि ४–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिमलटारका सुजन गुरुङ ले १८औं मिनेटमा पहिलो गोल गरे भने ललित चौलागाईं ले १८औं र ३९औं मिनेटमा दुई गोल थपेका थिए । त्यस्तै पवन राई ले ४३औं मिनेटमा अन्तिम गोल गर्दै जित सुनिश्चित गरे। म्यान अफ द म्याचको उपाधि सुजन गुरुङले पाएका छन् ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क