इन्फो नेपाल — सञ्चारको सञ्जाल

दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं| जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा मौसम आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। ती स्थानहरूमा वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। कात्तिक ४ गते आइतबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारण बदली रहन सक्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। राति पनि यस्तै अवस्था रहनेछ, जसमा पहाडी भू-भागमा आंशिक बदली रहनेछ र थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुन सक्नेछ। कात्तिक ५ र ६ गतेको मौसम कात्तिक ५ गते सोमबार र ६ गते मंगलबार पनि देशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनेछ। विशेषगरी, कात्तिक ६ गते मंगलबार राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको छ। सतर्कता र सल्लाह कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क