इन्फो नेपाल — सञ्चारको सञ्जाल

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान निकाय प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ। मदिरा नीतिमा भएको अनियमितताको आरोपमा उनलाई बिहीबार साँझ नियन्त्रणमा लिइएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार ईडीको टोलीले सर्च वारेन्ट लिएर केजरीवालको घरमा गएको थियो। त्यहाँ दुई घन्टा सोधपुछपछि राति केजरीवाललाई पक्राउ गरिएको बताइएको छ। उनलाई बिहीबार बिहान पुनः सोधपुछका लागि ईडीको कार्यालय लगिएको छ। मुख्यमन्त्री केजरीवाल पक्राउ परेपछि दिल्लीकी शिक्षामन्त्री आतिशी ने प्रतिक्रिया दिएकी छिन्। उनले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाटै सरकार चलाउने बताएकी छिन्। आम आदमी पार्टीको कानुनी टोलीले पनि सर्वोच्च अदालतमा अपील गरी तत्काल सुनुवाइ गर्न माग गरेको छ। बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारी रोक्न नमिल्ने भन्दै निवेदन खारेज गरेको थियो। केजरीवालले आफूलाई गिरफ्तार नगर्न ईडीलाई आश्वासन मागेका थिए तर अदालतले उनलाई ईडीमा हाजिर हुनुपर्ने बताएको थियो। ईडीले केजरीवाललाई मदिरा नीति मुद्दामा यसअघि पटक-पटक समन गरेको थियो। तर उनी सोधपुछमा हाजिर हुन अस्वीकार गर्दै आएका थिए। यस घटनाबारे दिल्लीमा राजनीतिक गतिविधि बढेको छ भने आम आदमी पार्टीका कार्यकर्ता पनि सडकमा आन्दोलित भएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क