इन्फो नेपाल — सञ्चारको सञ्जाल

दीपाश्री सिउँदो भरेर चन्द्रागिरि पुग्नुको कारण खुल्यो

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको भरिएको सिउँदो देखिएपछि उनी यतिबेला भाइरल बनेकी छन् । दीपकराज गिरीसँग चन्द्रागिरि पुगेकी दीपाश्रीसँगको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट गरेका थिए । उक्त टिकटक पोस्टमा दीपाश्रीलाई सिन्दूर लगाएर रातो सारीमा सजिएको देख्न सकिन्छ । यो टिकटक भिडियो भाइरल मात्र होइन, गसिपको स्रोत समेत बनिरहेको छ । कतिपयले दीपाले किन सिन्दूर लगाएर मन्दिरमा पुगिन् भनेर गसिप लेखिरहेका छन् । कतिपयले यो कुनै फिल्मको छायांकन हुन सक्ने अड्कल काटेका छन् । खासमा दीपक-दीपा छायांकन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’को गीत सुटिङका लागि चन्द्रागिरि उक्लिएका थिए । भालेश्वरका पुजारीको टिकटक भिडियोमा दीपक-दीपा दुवै जना पात्र लुक्स र लवजमा प्रस्तुत भएका छन् । दीपकले फिल्मको पात्र राजाकै लवजमा बोलेका छन् भने दीपाश्रीको त्यो क्यारेक्टर लुक्स हो । दीपक-दीपासहितको टोली भालेश्वर पुगेर फिल्म सुटिङ गरिसकेको छ । निर्माता निर्मल शर्मा पनि दीपक-दीपासँगै भालेश्वर पुगेका थिए । भालेश्वरका पुजारी न्यौपानेले चन्द्रागिरि पुग्ने सेलिब्रिटीसँग टिकटक भिडियो बनाइरहन्छन् । फिल्म ‘छक्कापञ्जा ४’ फागुन १९ गते प्रदर्शनको तयारीमा छ । एक साताभित्र फिल्मको बाँकी छायांकन सम्पन्न हुने कार्यकारी निर्माता शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क