इन्फो नेपाल — सञ्चारको सञ्जाल

दुई वडामा स्थापित अगाडि अरूमा बालेन, यस्तो छ पछिल्लो मत परीणाम

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह सबभन्दा अगाडि छन्। हालसम्म ७० हजार ९६० मत गनिसक्दा बालेनले २६ हजार ८३८ मत पाएका छन्। एमाले उम्मेदवार केशव स्थापितले १४ हजार २७७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १३ हजार ६७३ मत ल्याएकी छन्। अहिले काठमाडौंका ६, ७, ८, २७, २८, २९, ३१, ३२ नम्बर वडाको मतगणना भइरहेको छ। १, २, ३, ४, ५ र ३० को मतगणना सकिइसकेको छ। गणना भइरहेका वडाहरूमध्ये २७ र २८ मा स्थापितले सरूआती अग्रता लिएका छन्। यी दुवै वडामा सिर्जना दोस्रो स्थानमा छिन् भने बालेन तेस्रोमा। २७ र २८ वडाबाहेक गणना भइरहेका अरू वडा र गणना सकिएका वडाहरूमा भने बालेन नै अगाडि छन्। पछिल्लो विवरणअनुसार स्थापितले २७ नम्बर वडामा ९९२ मत गनिसक्दा ३०८ मत पाएका छन्। यहाँ सिर्जना सिंहले २३५ र बालेनले १६१ मत पाएका छन्। २७ नम्बर वडामा छुस्याबहा, जमल, कमलाक्षी आसपासको क्षेत्र पर्छ। त्यस्तै २८ नम्बर वडामा ३०३१ मत गन्दा स्थापितले ७४१ मत पाएका छन्। उनलाई ७३० मतसहित सिर्जनाले पछ्याएकी छन् भने बालेनले ७२१ मत पाएका छन्। अहिलेसम्म दुई वडामा बालेन पछि परे पनि २८ नम्बर वडामा टक्कर नै छ। यहाँ उनको मतान्तर एकदमै कम छ। २७ नम्बरमा भने स्थापित र सिर्जना दुवैले उनलाई पछि पारेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क