इन्फो नेपाल — सञ्चारको सञ्जाल

दुर्गा प्रसाई पक्राउ

काठमाडौं | चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न मुख्य अभियुक्त दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। प्रहरीले जनाए अनुसार उनी भारतको आसाम राज्यमा फेला परेका हुन् र हाल उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ। प्रसाईसँगै भारत भागेका उनका केही सहयोगीहरू भने आफैं नेपाल फर्कँदै छन्। प्रसाई पक्राउ परेको खबरसँगै उनका परिवारका सदस्यहरूले पनि उनी प्रहरी सम्पर्कमा पुगेको पुष्टि गरेका छन्। यद्यपि, उनीहरूले प्रहरीद्वारा पक्राउ गरिएको नभई आफैंको सुरक्षाका लागि भारतीय प्रहरीसँग सम्पर्कमा गएको बताएका छन्।

हिंसापछि फरार, सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक

चैत १५ गते प्रसाईको नेतृत्वमा गरिएको प्रदर्शन तीनकुनेमा हिंसात्मक भएको थियो। सो दिन झडप, तोडफोड, आगजनी र लुटपाटका घटना भए। भिडन्तका क्रममा दुईजनाको मृत्यु भएको थियो। उक्त घटनापछि प्रसाई फरार भएका थिए। फरार भए पनि उनले सामाजिक सञ्जालमा दुईवटा भिडियो अपलोड गरेर आफ्नो आन्दोलनको पक्षमा बोलेका थिए। प्रहरीले भने घटनालगत्तै प्रसाईको खोजी तीव्र बनाएको थियो र विभिन्न प्रविधिमार्फत उनको लोकेसन पहिचान गर्दै आएको थियो। नेपाल ल्याइएपछि प्रसाईलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिनेछ र उनलाई तीनकुने घटनामा संलग्नताका आधारमा अनुसन्धान अघि बढाइनेछ। प्रहरीको अनुसन्धानले घटनामा संलग्न अन्य व्यक्तिहरूको नाम पनि खुल्ने अपेक्षा गरिएको छ। प्रसाईको नेतृत्वमा भएको आन्दोलनले राजधानीमै ठूलो तनाव सिर्जना गरेको थियो। प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा जनधनको ठूलो क्षति भएको थियो। सरकार, सुरक्षा निकाय र नागरिक समाजले उक्त हिंसात्मक गतिविधिको आलोचना गरेका थिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क