इन्फो नेपाल — सञ्चारको सञ्जाल

दुर्गेशले तताए चन्द्रौटा, कसले फैलायो ढुंगा हानेको हल्ला ?

काठमाडौं । कपिलवस्तुमा शनिवार आयोजित चन्द्रौटा महोत्सवमा गायक दुर्गेश थापालाई हेर्न दर्शक उर्लिएका छन् । पुसको चिसो बिर्साउँदै थापाले करिब डेढ घण्टासम्म जोसिलो प्रस्तुति दिए । दिउँसो सुरु भएको महोत्सव रातिसम्म चलेको थियो, जसमा मुख्य आकर्षण दुर्गेश नै थिए । अनेकन् विवादमा मुछिँदै र आलोचना खेप्दै आए पनि फ्यानहरूमा दुर्गेशको क्रेज नघटेको कार्यक्रमको माहोलबाट देखिन्थ्यो । स्टेजमा उद्घोषकले दुर्गेशको नाम लिनासाथ दर्शकले चर्को हुटिङका साथ स्वागत गरे । उनका हरेक प्रस्तुतिमा दर्शक रमाएका थिए । दुर्गेशले पनि दर्शकलाई मनोरञ्जन गराउन कुनै कसर बाँकी राखेनन् । सुरुमा बाक्लो ज्याकेट लगाएर स्टेज उक्लेका दुर्गेश जोस चढ्दै गएपछि ज्याकेट र टिसर्ट समेत फुकालेर स्न्याडो गन्जीमा पेश भए । उनको गायनभन्दा पर्फमेन्स बढी दमदार थियो । स्टेजमा दुर्गेशले यति धेरै उफ्राउफ्री गरे कि थरथर कमाउने जाडोमा पनि उनी असिनपसिन बनेका थिए । दुर्गेशले फेसबुकमा उक्त महोत्सवका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । यसैबीच उक्त महोत्सवमा प्रस्तुति दिँदै गर्दा दुर्गेशमाथि ढुंगा प्रहार भएको समाचार एकाध अनलाइनमा आए । तर, ती समाचारहरू पूर्णतः असत्य रहेको दुर्गेशले बताएका छन् । यहाँको स्थानीय तहका प्रमुखले नै फेक न्यूज फैलाएको उनको आरोप छ । शिवराज नगरपालिकाका प्रमुख अजय थापाले दुर्गेशमाथि स्टेजमा आक्रमण भएको भन्दै फेसबुकमा स्टाटस लेखेपछि हैल्ला फैलिएको हो । महोत्सवका आयोजक चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल गत स्थानीय चुनावमा थापाका प्रतिस्पर्धी थिए । राजनीतिक रिसीवीलाई लिएर थापाले नचाहिँदो स्टाटस लेखेको थापाको गुनासो छ । ‘ढुंगा हानिएको समाचार सोह्रै आना गलत हो । कार्यक्रम पूर्ण रुपमा सफल र मनोरञ्जक थियो । दर्शक मलाई एकदमै धेरै माया दिनुभयो । म खुशी छु,’ उनले भने ।दुर्गेशले फोन गरेर आपत्ति जनाएपछि मेयर थापाले आफ्नो स्टाटस डिलिट गरेका थिए । तर, उनकै स्टाटसमा आधारित रहेर लेखिएका समाचार सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क