इन्फो नेपाल — सञ्चारको सञ्जाल

दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

सुनसरी / सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गएराति ११ बजेतिर दुहबी नगरपालिका ७ र ११ को सिमानामा रहेको धनुसना खोलास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३८ प ५८८४ नम्बरको १५० सीसीको मोटरसाइकल आफैँ अनियन्त्रित भइ १५ फिट तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि विराट टिचिङ हस्पिटल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक दुहबी ७ बस्ने २४ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क